Results

25 May - LB Three Star Club 6-0 Deshbhakta Club ,24 May - Nepal Police Club 3-0 Munal FC Jhapa , 23 May Machhindra 6-1 Saraswati club

Best Of Luck For NEpali Football

पहिलो पटक हुन लागेको राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उद्‌घाटनसहितका २२ खेल पोखरा हुने भएको छ । बाँकी खेल भने बुटबलमा हुने भएको छ ।

प्रतियोगिताका लागि छनौट भएका क्लबका पदाधिकारीहरुसहितको बैठकले पौष १५ गते देखि २५ गतेसम्मका कुल २२ खेल पोखरामा र बाँकी खेलहरु बुटबलमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रतियोगितामा सहभागी १० मध्ये स्थानियबाहेक प्रत्येक टिमका खेलाडी र अफिसियल गरी कुल २४ जनालाई दैनिक खान, बस्न तथा आवगमनको सुविधा एन्फाले दिने छ । यस्तै लिगमा सहभागी सबै टिमले एएफसी च्यालेन्ज कपमा सहभागीताका लागि एन्फाले संचालन गर्ने बन्द प्रशिक्षण शिविरमा अनिवार्य रुपले राष्ट्रिय खेलाडी उपलब्ध गराउने निर्णय गभएको छ ।

प्रतियोगितामा ए डिभिजन लिगको शीर्ष आठमा रहेको पुलिस, मनाङ मस्र्याङ्दी, जाउलाखेल, थ्रीस्टार, हिमालयनज शेर्पा, आरनीपोखरी कर्नर टिम आरसीटी, न्यूरोड टिम एनआरटी र आर्मीका साथै क्षेत्रीय सुपर लिगबाट छानिएका मित्रमिलन क्लब सुनसरी र संगम क्लब कास्कीले खेल्नेछ ।

एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार १५ गते हुने उद्घाटनमा मनाङ र मित्रमिलन खेल्नेछ भने दोस्रो खेलमा पुलिसले संगमको सामना गर्नेछ ।

Comment Below

HTML Comment Box is loading comments...
Icon Icon Icon Icon